Sajhamanch Archive

प्रयोग विहीन बन्दै चन्द्रडाँगी खानेपानी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

चन्द्रडाँगी । झापाको शिवसताक्षीमा रहेको चन्द्रडाँगी खानेपानी प्रयोग विहीन बन्दै गएको छ । शिवसताक्षीको वडा नं ७ स्थित चन्द्रडागीमा सञ्चालित खानेपानी ३२ घरमा सिमित भएको उपभोक्ताहरु बताउँछन् । २०७१ सालमा ३७ लाखको लागतमा निर्माण गरी सञ्चालनमा आएको उक्त खानेपानी ४३ हजार लिटर पानी अटाउन सक्ने क्षमता रहेको छ । जसले १ सय ५७ घर परिवारलाई खानेपानी उपलब्ध गराउन सकिन्छ ।

उपभोक्ता समितिले बाडेको धाराको पानी गुण्स्तरहिन भएपछि धाराको प्रयोग नगरिएको स्थानीय राधा दाहाल बताउँछिन् । उनका अनुसार धारामा कहिले धमिलो पानी आउने गरेको छ । उनी भन्छिन् हामीले प्रयोग गर्ने ट्युवेलको पानी धाराको पानीमा केही फरक नभएपछि हामीले ट्युवेल नै प्रयोग गर्दै आएको छौ ।

धाराको पानी प्रयोग गर्ने उपभोक्ता पानी सुद्ध नभएको गुनासो गर्छन् । पानी कहिले काँही राम्रै आउने गरेको र कहिले काँही पानीमा धमिलो कालो कणहरु देखा पर्ने गरेको स्थानिय उपभोक्ता गोपाल कार्कीले बताए ।

तर पानी सञ्चालन गर्ने उपभोक्ता समितिले पानीमा कुनै खरावी नआएको बताउँछन् । समितिले पानीको गुस्तरमा कमी आएपछि तत्काल फन बोर्डसँग आग्रह गरी १५ लाखको लागतमा पानी प्रशोधन मेसिन खरिद गरी हाल सञ्चालनमा आइकेको जनाएको । प्रशोधन मेसिन जडान गरेपछि पानीमा शुद्धता रहेको पानी सञ्चालक दावी गर्छन् । धाराको पानी प्रयोगबाट मासिक रुपमा २ सय ५० रुपैया उपभोक्ताबाट लिईने गरिएको बताइएको छ ।

पानीलाई शुद्धता बनाई पानीको क्षमता अनुसार धारा विस्तार गर्न सके चन्द्रडाँगी बासीलाई खानेपानीमा राहत मिल्ने देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *