Sajhamanch Archive

सीसी क्यामेरा भएपछि घुस लिन बिचौलिया प्रयोग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

जनकपुर ।‘तपाई सीसी क्यामेराको निगरानीमा हुनुुहुन्छ’ जनकपुस्थित यातायात व्यवस्था कार्यालयभित्र चारैतिर लेखिएको छ । सानो अक्षरमा लेखिएको ‘दलालदेखि सावधान’ वाक्य भने केरमेट गरिएको छ ।

सेवाग्राहीले प्रस्ट देख्ने गरी लेखा फाँट, राजस्व तोक्ने काउन्टरको दाहिनेतर्फ अख्तियारको सूचना छ, ‘राष्ट्रसेवक कर्मचारीले घुस रिस्वत मागेमा ९८५४०३१४५६ र ०४४ ५५०६६८ मा फोन गर्नुहोला ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयमाथि निगरानी बढाएपछि बिचौलिया र कर्मचारी तर्सिएका छन् । तर, उनीहरुले घुस खान छोडेका छैनन् । घुस माग्ने नयाँ नयाँ उपाय प्रयोगमा ल्याइरहेका छन् । अन्नपूर्ण दैनिक बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *