Sajhamanch Archive

विराटनगर महानगरपालिकाले फोहोरबाट बिजुली निकाल्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

विराटनगर । विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना अघि सारेको छ । महानगरले चिनियाँ कम्पनीसँग मिलेर फोहोर व्यवस्थापनको काम थाल्ने भएको हो ।

केही दिनअघि विराटनगर महानगरपालिकाबाट मेयर भीम पराजुलीको नेतृत्वमा उपमेयर इन्दिरा कार्की, कर्मचारी प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियासहित इञ्जिनीयर घनश्याम काफ्लेको टोली चीन गएको थियो । चीनको चाइना कोन्च भेन्चर होल्डिङ लिमिटेडले नेपालमा लगानी गर्न खोजेकोले उक्त टोलीसँगको सहकार्यमा फोहोर व्यवस्थापनको लागि काम गर्न लागिएको महानगरले जनाएको छ ।

विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले चीनको एन ह्वी प्रदेशको ज्यु ज्याङ जिल्ला उहु नगरपालिकाका मेयर हि माओजीसँगको छलफलपछि विराटनगर महानगरपालिकसँग भगिनी संगठनको रुपमा स्थापित गर्न लागिएको समेत जानकारी दिए । उनले सोही ठाउँमा रहेको चाइना कोन्च भेन्चर होल्डिङ लिमिटेडसँग विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापनको लागि कुरा भएको जानकारी दिए ।
विराटनगर महानगरपालिकाका  मेयर पराजुलीका अनुसार कोन्च भेन्चरले विराटनगरमा ५ सय मेट्रिकटन फोहोर व्यवस्थापन गर्ने र फोहोरबाट ५ मेगावाट विद्युत उत्पादन गर्नेसम्मका योजनाको बारेमा छलफल भएको छ । त्यसको लागि पहिलो चरणमा चाइना कोन्च भेन्चरका प्रतिनिधिको टोली बिराटनगरमा आएर यहाँको अवस्थाको बारेमा जानकारी लिने र फोहोर व्यवस्थापन गर्न सकिने या नसकिने भन्नेबारेमा पनि छलफल गरेपछि यो प्रक्रिया अगाडि बढ्ने छ ।

ुप्रक्रिया अगाडि बढाउनको लागि विराटनगर महानगरपालिकाले मात्र गर्न सक्दैन । त्यसका लागि महानगरपालिकाले त्यसको अध्ययनका लागि एमओई गर्न संघीय सरकारले स्वीकृति दिनुपर्ने हुन्छ,ु मेयर पराजुलीले भने ।

चाईना कोन्च भेन्चरले काम गर्ने निश्चित भएको अवस्थामा विराटनगर महानगरपालिकामा मात्र नभई आसपासका गाउँपालिका र नगरपालिकामा पनि फोहोर व्यवस्थापन हुनेछ । दैनिक ५ सय मेट्रिकटन फोहोर व्यवस्थापनका लागि चाइना कोन्च भेन्चरले ३० वर्षको लागि लिने र उसले १२ देखि १५ अर्बको प्लान्ट निर्माण गर्ने छ । प्लान्ट निर्माण र प्रशोधनको काम सबै चिनियाँ कम्पनीले नै गर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *