भ्रम चिर्न सार्वजनिक स्थलमा हात्तीपाइले निवारणको औषधि सेवन
Published: (Updated: )
by .पाँचथर। हात्तीपाइले रोग निवारणका लागि पाँचथरका आठौं पटकको औषधि सेवनको सुभारम्भ भएको छ ।
सार्वजनिक स्थलमा जिल्लाका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा औषधि सेवन गराइएको छ । फिदिम बजारको मेनरोड स्थित अजिमा होटलको अगाडि उक्त कार्याक्रम गरीएको हो ।
हात्तीपाइले रोग विरुद्धको औषधि सेवनका बारेमा नकरात्मक भ्रम चिर्न सार्वजनिक स्थलमा औषधि सेवन गराईएको हो । पूर्व पशुपन्छी राज्य मन्त्री श्रीप्रसाद जबेगूले सुरुमा औषधि सेवन गरेर औषधि सेवनको उद्घाटन गर्नुभयो । औषधि सेवनमा जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटालगायत जिल्लाका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
पाँचथरमा नकारत्मक प्रचारले औषधि सेवन गर्ने व्यत्ति कमि भएकोले जिल्लाकै विशिष्ट व्यत्तिहरुकको उपस्थितिमा औषधि सेवन गराइएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोले बताउनु भयो ।
पाँचथरमा यस वर्ष पाँचथरमा एक लाख ८३ हजार ६८९ जनालाई औषधि सेवन गराउने लक्ष्य कार्यालयले लिएको छ । सन् २०२० सम्ममा देशबाटै हात्तीपाइले रोग उन्मूलन गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि पाँचथरमा यहि फागुन १५ देखि १७ सम्म औषधि खुवाइदै छ ।
Comments