मेचीनगरलाई हात्तीपाइले रोग मुक्त नगर बनाउने योजना
Published: (Updated: )
by .मेचीनगर । मेचीनगर नगरपालिकालाई हात्तीपाइले (फिइलेरिया) रोग मुक्त नगर निर्माणका हात्तीपाइले रोग निवारण अभियान २०७५ लाई सफल पार्न नगरपालिकाको स्वास्थ्य शाखाले सवै नगरवासीमा अनुरोध गरेको छ ।
क्युलेक्स जातको पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । हात्तीपाइले (फिइलेरिया) सरुवा रोग हो । यो एक प्रकारको मसिनो धागो आकारको उच्चेरेरिया वान्क्रोफ्टी नामको परजीविबाट लाग्ने
स्वास्थ्यकर्मीहरुको भनाई छ । यस रोगको जीवाणु शरीरमा प्रवेश गरेको १० देखि १५ बर्ष पछि मात्रै यसका लक्षण देखिने भएकाले मानिसले औषधिलाई वेवास्ता गर्ने गरेको स्वास्थ्यकर्मीहरुको अनुमान छ । अभियान आजदेखि शुरु हुदै छ । शाखाले अभियानलाई सफल पार्न नगरका १५ वटै वडाहरुमा हात्तीपाइले रोग निवारण सम्बन्धि वडा स्तरीय सम्पन्न गरेको शाखा संयोजक शशीकला राईले बताईन ।
मंगलबारमात्रै नगरका विभिन्न वडामा अन्तरक्रिया सम्पन्न भएको छ । सरकारले हात्तीपाइले रोग निवारणका लागि यस रोग विरुद्घको औषधि खुवाउने अभियान सञ्चालान गरेपनि सर्वसाधारणले औषधि नखाइदिनु सवैभन्दा ठुलो चूनौती भएको राईको भनाइ छ । मेचीनगर नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङको प्रमुख आतिथ्यतामा काँकरभिट्टामा भएको अन्तरक्रियामा मेचीनगरमा हात्तीपाईलेका नयाँ रोगी फेल नपरेको काँकरभिट्टा स्वास्थ्य केन्द्रका प्रमुख स्वास्थ्य सहायक तालबहादुर खड्काले जानकारी दिए । उनका अनुसार हात्तीपाइले (फिइलेरिया) रोग विरुद्धको औषधि यसपटक स्वास्थ्यकर्मीहरुद्वारा आम नागरिकलाई खुवाउने कार्यक्रम छ ।
अभियानको मुख्य श्लोग्न नै कोही नछुटौ कोही नदोरिऔँ भन्ने हो । हात्तीपाइले(फाईलेरिया) रोग फैलनुबाट रोक्नु र विरामीको संख्यामा कमी ल्याउनु तथा हात्तीपाइले (फिइलेरिया) रोगका विरामीहरूलाई दीर्घरोग, असक्त र कुरूपता हुनबाट बचाउनु नै हात्तीपाइले (फिइलेरिया) रोग निवारण कार्यक्रमको मुख्य उद्देश्यहरु रहेको स्वास्थ्य संयोजक राईको भनाई छ । नेपालले सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने उद्देश्य लिएको छ ।
हात्तीपाइले (फिइलेरिया) रोग विश्वमा ७० भन्दा बढी मुलुकहरुमा पायएको छ । यी देशहरुमा बसोबास गर्ने एक अरव चालिस करोड भन्दा बढी मानिसहरु यो रोगको संक्रमणको जोखिममा रहेका छन् । हाल १२ करोड मानिसहरु यो रोगबाट संक्रमित भएको अनुमान गरिएको तथ्याङ्क स्वास्थ्य सहायक खड्काले प्रस्तुत गरेका थिए । प्रस्तुत तथ्याङ्क अनुसार १ दशमलव ५ प्रतिशत करोड मानिसमा हात्तीपाइले र २ दशमलव ५ प्रतिशत करोड मानिसमा अण्डकोष तथा यौनाङ्ग सुन्निएको पाईएको छ । बाँकी दुई तिहाइ मानिसहरुमा साधारण खाले लक्षणहरु वा बाहिरी लक्षण नदेखिएको अवस्था रहेको छ । हात्तीपाईले रोगबाट प्रभावित मुलुकहरु मध्ये धेरै जसो दक्षिण अमेरिका, अफ्रिका, दक्षिण पूर्व एशिया र पश्चिम प्रशान्त एशियाका अधिकांश सरसफाईको कमि भएका गरीव मुलुकहरु पर्दछन् ।
विश्वमा हात्तीपाइले रोगको वस्तुस्थितीका बारेमा जानकारी गराउदैं खड्काले चीन, जापान, कोरिया तथा ताइवानलगायतका देशहरुले हात्तीपाइले रोगलाई निवारण गरी सकेका छन भने श्रीलंका, माल्दिप्स, थाइल्याण्ड,लगायतका देशहरुले आम औषधि सेवनको चरण पुरा गरी निवारण समेत गरिसकेका छन् । त्यस्तै छिमेकी मुलुक भारत, म्यानमारलगायतका देशहरुमा हाल आम औषधि सेवन अभियान सञ्चालन भइरहेको छ । उनका अनुसार हात्तीपाइले (फिइलेरिया) रोग निवारण कार्यक्रम रोगबाट प्रभावित विश्वका सबै मुलुकहरुबाट सन् २०२० भित्र हात्तीपाइले हात्तीपाइले (फिइलेरिया) रोग निवारणर्थ विश्व स्वास्थ्य संगठनको रणनिती अनुसार ७० भन्दा बढी मुलुकमा सञ्चालन भइरहेको विश्वव्यापी कार्यक्रम हो ।
हात्तीपाइले रोगको निवारणमा डाइईथाइलकार्बामाजिन (डी. इ. सी.) अल्बेन्डाजोल औषधि प्रयोग हुने बताइएको छ । दुवै प्रकारको चक्की औषधी खानासँगै अथवा खानापछि खानु पर्ने र खालीपेटमा औषधी खान नहुने , दुई वर्ष नपुगेका केटाकेटीहरू, गर्भवती र ७ दिन सम्मका सुत्केरी आमाहरु, सिकिस्त विरामीहरू (जसले दैनिक क्रियाकलाप गर्न सक्दैन, ओछ्यानमा परेको, कुनै कडा रोगको लागि औषधि सेवन गरिरखेको जस्तै–क्यान्सर, मुटू रोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दिर्घ रोगी, मृगी (छारे रोग) रोगी, २४ घण्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका ५ वर्ष मुनिका बालवालिकाहरु)ले उक्त औषधी सेवन गर्न नहुने बताइएको थियो ।
जनचेतना र प्रचार प्रसारको अभावका कारण भन्दा पनि गलत धारणाका कारण धेरै जसो पढे लेखेका र शिक्षित वर्गले नै यो औषधि नखाइदिने स्वास्थ्यकर्मी रामदेव मण्डल बताउछन् । सरकारी तथ्याङ्क अनुसार नेपालका ६१ वटा जिल्लामा हात्तीपाइले रोगको सक्रमण छ ।
Comments