एग्रो फार्मबाट दैनिक २ लाख अण्डा उत्पादन
Published: (Updated: )
by .स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका ७ स्थित हेलुमा स्थापित खिलुङ्कालिका एग्रो फार्मले दैनिक २ लाख अण्डा उत्पादन गर्दै आएको छ । केके एग्रो ग्रपअन्तर्गत सञ्चालित यस फर्मले ब्याट्री केज (जर्मन प्रविधि) अनुसार अण्डा उत्पादन गर्दै आएको हो ।
५०र५० हजार क्षमताका ४ वटा वातावरणीय अनुकुलन ९ईसी हाउस० बाट अण्डा उत्पादन हुँदै आएको छ । उत्पादन क्षमता बढाउन फार्मले गप एक ईसी हाउस निर्माण गर्न थालेको छ । फार्मबाट उत्पादित अण्डा गण्डकी र ५ नम्बर प्रदेशलाई आधार बनाएर बजारीकरण गरिएको छ । सोही फार्मले दैनिक २ लाख अण्डा उत्पादन गर्न थालेपछि स्याङ्जा जिल्ला नै अण्डा उत्पादनमा आत्मनिर्भर बनेको छ । कारोबार दैनिक बाट ।
Comments