महिला टी–२० विश्वकप छनोट : टस हारेर ब्याटिङ गर्दै
Published:
by .महिला विश्वकपका लागि एशियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले अहिले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको बैंककस्थित एशियन इन्टिच्युड टेक्नोलोजी मैदानमा टस हारेर नेपालले ब्याटिङ गर्दैछ ।
कुवेत प्रतियोगिताकै सबैभन्दा कमजोर टोली हो । उसले यसअघिका पाँचै खेलमा पराजय ब्यहोरेको छ । नेपालले यसअघिका ४ खेलमा जित निकालेको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो ।
आजै दिउँसो हुने खेलमा थाइल्याण्ड र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको शीर्ष टोलीले विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने भएकाले नेपालको सम्भावना निकै कमजोर छ ।
सात टोली सम्मिलित प्रतियोगिता राउण्ड रोविन लिग प्रणालीमा खेलाइएको छ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा हुने टी–ट्वान्टी विश्वकप र सन् २०२१ मा हुने एकदिवशीय महिला विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्नेछ ।
Comments