Sajhamanch Archive

ऊर्जामन्त्री पुन अस्पताल भर्ना

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् । रिंगाटा लागेर लडेका पुनको छातिमा समस्या देखिएपछि अपरान्ह नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

मन्त्री पुनलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा बादल, वन मन्त्री शक्ति बस्नेतलगायत नर्भिक अस्पताल पुगेका छन् ।

नेपका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ पनि पुनको अवस्थाबारे जानकारी लिन नर्भिक अस्पताल जाँदैगरेको बताइएको छ । मन्त्री पुनको स्वास्थ्य अवस्था सामान्य रहेको निजी सचिवालयले जनाएको छ ।

डाक्टर यादव भट्टसहितको टोलीले पुनको उपचार गरिरहेको छ । आज उनलाई डाक्टरहरुले हस्पिटलमै राख्ने बताएको सभामुख महराले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *