सोनाक्षीको हट अवतार
Published: (Updated: )
by .त्यसो त ‘दबंग गर्ल’ सोनाक्षी भाग्यमानी अभिनेत्री हुन्, जसको अधिकांश फिल्म सुपरहिट भयो । भाग्यमानी अर्को कारणले पनि कि, उनले यी कुनैपनि फिल्ममा भड्किलो पहिरन लगाउनै परेन ।
उनी साडी, लेहेंगा, जिन्स वा यस्तै सामान्य गेटअपमै रुचाइए । न उनको फिगर हेरियो, न पहिरन ।
हुन त सोनाक्षी फिल्ममा आउनुअघि एकदमै भद्दा थिइन् । ९० किलो हाराहारी तौलकी उनले करिब ३० केजी तौल घटाइन् । यसको पछाडि अभिनेता सलमान खानको खास योगदान छ । उनले नै सोनाक्षीलाई ‘दबंग’बाट हिरोइन बनाएका हुन् ।
‘दबंग’मा सोनाक्षी सिधासादा युवतीको भूमिकामा थिइन् । अक्सर साडी लगाइरहने । उनलाई यस्तै आवरणमा रुचाइयो । र, त्यसपछिका फिल्महरुमा पनि उनी भड्किलो देखिएनन् ।
भर्खरैमात्र सोनाक्षी आइटम गर्लको रुपमा प्रस्तुत भएकी छिन्, फिल्म टोटल धमालबाट । यो फिल्म अहिले पनि चलिरहेकै छ । यससँगै सोनाक्षी ‘दबंग-३’को तयारीमा जुटेको बताइन्छ । ठिक यही मेसोमा यी अविवाहित अभिनेत्रीको ‘हट र सेक्सी’ तस्वीर भने सोशल मिडियामा छायो । खासगरी कालो पहिरनमा ठाँटिएकी सोनाक्षी सोशल मिडियामा भाइरल भइन् ।
सोनाक्षीका लागि यस्तो हट फोटोशूट अलि दुर्लभ नै हो । यसअघि उनले रातो पहिरनमा यस्तै फोटोशुट गराएकी थिइन् ।
बेलाबखत बलिउड इभेन्टमा पनि उनी निकै हट पहिरनमा झुल्कने गरेकी छिन् । केही समयअघि दीपिका पादुकोण र रणवीर सिंहको तेस्रो मुम्बई रिसेप्शनमा पनि सोनाक्षी पहिरनकै कारण चर्चामा आएकी थिइन् ।
संभवत सोनाक्षीले आफ्नो पारिवारिक मर्यादालाई बुझेरै धेरै भड्किलो पहिरन लगाएकी छैनन् । यद्यपी ग्ल्यामर वल्र्डमा प्रवेश गरेपछि केही चमकदमक पेश गर्नैपर्छ । सेलिब्रेटी हुनुको नाताले उनीसँग बाध्यता छ, ग्ल्यामरस पहिरनमा ठाँटिन । तर, उनले पारिवारिक मर्यादा भने नाघेकी छै्नन् ।
किनभने सोनाक्षी सिन्हाका पिता शत्रुध्न सिन्हा छोरीलाई त्यस रुपमा पटक्कै रुचाउँदैनन् । उनले सोनाक्षीलाई फिल्ममा प्रवेश गराउन चाहेकै थिएनन् । तर, सलमान खानको जिद्दी सामुन्ने उनी हारे । छोरी सोनाक्षी हिरोइन बनिन् ।
जतिबेला सोनाक्षी ‘दबंग’का लागि सुटिङमा जाने गर्थिन्, धेरैजसो समय पिता शत्रुध्न सिन्हा पनि साथै हुन्थे ।
सोनाक्षीले फिल्ममा आउनुअघि नै प्रण गरेकी थिइन् कि, उनले परिवारको मान(सम्मानलाई पूर्ण ध्यान दिनेछिन् । यसैले उनले भड्किलो पहिरन नलगाएको बताइन्छ । उनले घर परिवारसँग बिकिनी नलगाउने र चुम्बनको दृश्य नदिने बताएकी थिइन् । यी सर्तहरु मञ्जुर भएपछि मात्र कुनैपनि फिल्ममा साइन गर्ने उनको वाचा थियो ।
Comments