Sajhamanch Archive

भलिबलमा भोजपुर र झापा फाइनल भिड्दै

Published: in खेलकुद by .

ओखलढुंगा । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुषतर्फको भलिबल खेलाडी छनौटका लागि प्रदेश १ मा भइरहेको प्रदेशस्तरीय प्रतियोगितामा झापाको टिम फाइनलमा प्रवेश गरेको छ ।

ओखलढुंगामा जारी सो प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा झापाले संखुवासभालाई २५–१४, २५–१७ र २५–२३ को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको फाइनल खेल आज शुक्रबार भोजपुर र झापाबीच हुने झापा जिल्ला भलिबल संघका सदस्य एवम् भलिबल खेलका प्रदेश प्रशिक्षक रोशन दाहालले जानकारी दिएका छन् ।

झापा जिल्ला भलिबल टिममा खेलाडीहरु विमान खड्का, पुकार तामाङ, मुस्कान लिम्बु, सुजन रिजाल, नविन रिजाल, बबिन चौहान, सरोज चौलागाइँ, रोहित शिवाकोटी आशिष कार्की र दिपेन मल्लिक रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *