Sajhamanch Archive

हेलिकप्टर दूर्घटनामा निधन भएकाहरुप्रति टुँडिखेलमा श्रद्धान्जली

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दूर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएर राजकीय सम्मान अर्पण गरेका छन् । प्रधानमन्त्री ओलीले अन्य मृतकहरुको शवमा फूलमाला अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

दुई दिन अघि ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा मन्त्री अधिकारीसहित ७ जना सवार हेलिकप्टर दूर्घटनामा सबैजनाको निधन भएको थियो । मृतकको शब पहिचान भएपछि आज बिहान श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिएको थियो ।

दूर्घटनामा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

नेपाल कम्यूनिष्ट पार्टी (नकेपा)का नेतासमेत रहेका अधिकारीलाई प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको झण्डा पनि ओडाएका छन् । मृतकहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकाय, मृतकका आफन्त एवम् सर्वसाधरणले श्रद्धान्जली अर्पण गरेका छन् ।

श्रद्धान्जलीका लागि सातैजनाको शवलाई बिहान ८ बजेदेखि अहिले ११ बजेसम्म टुंडिखेलमा राखिएको थियो । यो समाचार तयार गर्दैगर्दा सबैजनाको शव परिवारका सदस्यहरुलाई बुझाउने तयारी भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *