भ्रष्टाचार नियन्त्रण गर्न नागरिक निगरानी समूह
Published:
by .सुर्खेत । वीरेन्द्रनगरमा भ्रष्टाचारविरुद्धको ‘नागरिक निगरानी समूह’ गठन गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत शाखाले सरोकारवालासँगको छलफलमा खिम रेग्मीको संयोजकत्वमा १८ सदस्यीय सो समूह गठन गरेको हो ।
जनसहभागिताको अभ्यासबाट समाजमा हुने भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले लब्धप्रतिष्ठित व्यक्तिलाई समेटेर उक्त समूह गठन गरिएको शाखा प्रमुख ज्ञानराज सुवेदीले जानकारी दिए ।
कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले भने, ‘घुस माग्ने र दिने दुवैको खबरदारी गर्दै राष्ट्रसेवक कर्मचारी हरेकले आ–आफ्नो जिम्मेवारी पूरा गरौं ।’
उक्त शाखाका सूचना अधिकारी मेघनाथ सापकोटाले यस समूहलाई आयोगले वार्षिक एक/एक लाख रुपैयाँ बजेट सहयोग उपलब्ध गराउने जानकारी गराए ।
Comments