Sajhamanch Archive

महिला खेलाडीलाई स्वागतसहित सम्मान

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

काँकरभिट्टा । आईसिसि वुमन्स ट्वान्टी २० एसिया क्षेत्र विश्वकपका लागि थाइल्याण्डमा बुधबार सम्पन्न एशियाली छनौटमा दोस्रो भएर स्वदेश फर्किएको नेपाली महिला क्रिकेट टोलीमा सहभागी चारजना खेलाडीलाई शनिवार उनीहरुको गृहनगरमा सम्मान गरिएको छ ।

आईसिसि वुमन्स ट्वान्टी २० एशिया क्षेत्र छनोटमा कुवेतविरुद्ध अन्तिम ३ विकेट लिँदैं अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो पटक ह्याट्रिक विकेट लिइएकी टिम कप्तान रुविना क्षेत्री, हङ्गकङविरुद्धको खेलमा २४ रनको निर्णयक इनिङ्स खेल्दै नेपालको जित हात पार्ने अप्सरी वेगम, रोमा थापा र काजल श्रेष्ठलाई काँकरभिट्टामा सम्मान गरिएको हो । चारैजना खेलाडी मेचीनगर — ६ का स्थायी बासिन्दा हुन् ।

उनीहरुलाई मेचीनगरवासीकातर्फबाट फूलमाला खादासहित अविर टिकालगाएर स्वागत तथा सम्मान गरिएको थियो ।

खेलमा हारजित हुनुलाई स्वभाविक लिनुपर्ने र नेपाल दोस्रो भएपनि नेपाली खेलाडीले निक्कै राम्रो खेल प्रदर्शन गरेको अप्सरी वेगमको भनाई छ । नेपाली टोलीभन्दा थाइल्याण्ड टिम निक्कै राम्रो भएका कारण नेपाली खेलाडीले जतिनै राम्रो खेलेपनि पहिलो हुन नसकेको अर्की खेलाडी रोमा थापाको भनाई छ ।

आफ्ना छोरीहरुले अन्तर्राष्ट्रिय स्तरमा खेलकुदका माध्यमबाट नेपालको नाम उच्च बनाएकोमा उनीहरुका अभिभावकहरु धेरै खुशी छन् । अप्सरी वेगमको बुबा आफफ मियाँ वेगम छोरीको यो काम देखेर औधी खुशी पकट गर्छन् ।

आईसिसि वुमन्स ट्वान्टी २० विश्वकप अन्तर्गत भएको एशिया क्षेत्रीय छनौट प्रतियोगितामा थाइल्याण्ड बाहेक सहभागी ६ राष्ट्रलाई पराजित गदैं नेपाल दोस्रो स्थानमा रहेर स्वदेश फर्किएको थियो । नेपाली महिला क्रिकेट टोलीले पछिल्लो समय लगातार दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै उत्कृष्ट प्रदर्शन सहित २ वर्षपछिको अन्तर्राष्ट्रिय यात्रालाई सुखद बनाएका थियो ।

फागुन ६ देखि १५ गतेसम्म थाइल्याण्डमा भएको महिला विश्वकप एशियाली छनोटमा सात राष्ट्रका टोली सहभागी थिए । नेपालले थाइल्याण्डबाहेक सवैलाई पराजित गरेको थियो । राउण्ड रोविन लिगमा दोस्रो भएपछि नेपाल विश्वकपको ग्लोबल क्वालिफायर खेल्न बञ्चित भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *