फेवातालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा मृत्यु
Published: (Updated: )
by .पोखरा । प्याराग्लाईडिङ अवतरण गर्ने क्रममा अनियंत्रित भई फेवातालमा खसेका रोमानियाका एक नागरिकको निधन भएको छ ब्लुस्काई प्याराग्लाइडिङ लेकसाईडबाट सोलो उडानका लागि अनुमति लिएर सराङ्कोटबाट उडेका ४२ वर्षीय ईड सिजरको मेट्रोसिटी हस्पिटलमा ल्याई पुर्याउदा निधन भएको हो ।
‘घाइतेलाई हस्पिटल ल्याउदा मुटुको चाल बन्द भैइसेकेको थियो’, डा. गोविन्द राज पाण्डेले भने । ११:१५ बजेको समयमा उडान अवतरण गर्ने क्रममा प्याराग्लाईडिङ खसेको थियो । प्रहरीको टोलिले लगत्तै उद्दार गरि हस्पिटल पुर्याएको भए पनि मृत घोषणा गरेको छ ।
शव पोष्टमाटमका लागि पोखरा स्वास्थ्य विग्यान प्रतिष्ठान लैजाने वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिए ।
Comments