Sajhamanch Archive

जिल्ला सेक्रेटरीसहित विप्लवका १८ नेता,कार्यकर्ता पक्राउ

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । एनसेल टावर आक्रमणसँगै प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीका कार्यकताको निगरानीसँगै धरपकड तीब्र बनाएको छ ।
हिजो र आज आइतबार–सोमबार मात्र प्रहरीले देशका विभिन्न ठाउँबाट जिल्ला सेक्रेटरीसहित १८ नेता–कार्यकर्तालाई पक्राउ गरेको छ ।
गुल्मी प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गुल्मी जिल्ला सेक्रेटरी खिम खड्कालाई पक्राउ गरेको छ ।
शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै खड्कालाई सदरमुकाम तम्घासबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्र बहादुर खड्काले उनलाई आइतबार पक्राउ गरेको पुष्टि गरेका छन् ।
यसैबीच आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा पार्टीका जिल्ला इञ्चार्ज पूर्णबहादुर सिंहले विना शर्त रिहाइ गर्न सरकारलाई कडा चेतावानी दिएका छन् ।
सिंह र खड्का लगायतलाई केहि दिनअघि अर्घाखाँची प्रहरीले पनि पक्राउ गरी केही दिन हिरासतमा राखेर छाडेको थियो ।
यस्तै सिन्धुपाल्चोक प्रहरीले ‘विप्लव’ माओवादीका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका–१० कार्कीटारबाट गए राति एक व्यक्तिको घरमा सुतिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई राज्यविरुद्धको अपराधअनुसार मुद्दा चलाइने र थप अनुसन्धानका लागि आज जिल्ला अदालतबाट १० दिनको म्याद थप भएको प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *