राहत शिक्षक र प्रहरीबीच झडप, बानेश्वर तनावग्रस्त
Published: (Updated: )
by .काठमाडौँ । आज सोमबार नयाँ बानेश्वर क्षेत्रमा राहत शिक्षक र प्रहरीबीच झडप भएको छ । प्रस्तावित सङ्घीय शिक्षा विधेयकमा राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गरिनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका राहत शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो ।
माइतीघरमा जम्मा भएर वानेश्वरतर्फ अघि बढेका शिक्षकलाई प्रहरीले एभरेष्ट होटल अगाडी रोक्न खोजेपछि झडप भएको हो ।
शिक्षकको भिडलाई नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको थियो । त्यसपछि शिक्षकहरुले पनि नाराबाजी गर्दै ढुंगामुढा गरेका थिए । प्रहरीसँगको झडपमा केही शिक्षक घाइते भएका छन् । अहिले नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त छ ।
नेपाल राहत शिक्षक केन्द्रीय सङ्घर्ष समितिका अध्यक्ष खेमराज अधिकारीले प्रहरीले अश्रुग्याँस प्रहार गरेको र केही शिक्षक घाइते भएको बताए। केही दिनयता उनीहरूले राजधानी केन्द्रित आन्दोलन गर्दै आएका छन्।
Comments