Sajhamanch Archive

कमल गाउँपालिकामा श्रीमद् भागवत महापुरण सुरु

Published: (Updated: ) in विविधा by .

कमल । झापाको कमल गाउँपालिका ३ स्थित श्री हरिकीर्तन मुक्तेश्वर शिवालयमा सोमबारदेखि श्रीमद् देवी भागवत महापुराण ज्ञानमहायज्ञ सुरु भएको छ ।

महापुराणको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले पुराण कुनै धर्म तथा जाति विशेष नभएको बताए । पुराणलाई कुन जाति र धर्म विशेष बनाउँदा समाजमा नकारात्मक असर पर्ने भएकोले यसलाई सबैको साझा बनाउनु पर्ने बताए ।

संसारमा आज संस्कृत बुझ्नेले धेरै विकास गरिसकेका छन् । नेपालबाट सुरु भएको संस्कृतको यस्तै अवस्था रहिरहे संस्कृतका किताव छाप्न विदेशीको अनुमति माग्नुपर्ने दिन नआउला भन्न सकिदैन कर्कीले भने ।

श्री हरिकीर्तन मुक्तेश्वर शिवालयका अध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विशेष अतिथी कमल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नरप्रसाद दंगालले शुभकमना मन्तव्य राखेका थिए ।े शिवालयका सचिव दामोदर काफ्लेले स्वगत मन्तव्य राखेका थिए भने हिम प्रसाद दाहालले सन्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *