Sajhamanch Archive

शान्ति स्थापनाकालागि नेपाली सेनाको भूमिका महत्वपूर्णः प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको द्वन्द्व व्यवस्थापन तथा शान्ति स्थापनामा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

सोमबार अपरान्ह बालुवाटारमा राष्ट्रिय सुरक्षा नीति, २०७३ उच्चस्तरीय परिमार्जन गर्ने बनेको समितिको प्रतिवदेन बुझ्दै उनले राष्ट्रिय सुरक्षाको सवै भन्दा बलियो किल्ला जनता नै हो भन्दै राष्ट्र एकिकरणका क्रममा निर्माण भएको नेपाली सेनाले अन्तराष्ट्रिय शान्ति स्थापनार्थ योगदान पु¥याउदै आएको कुरा प्रशंसनीय रहेको जानकारी दिए ।

समितिका अध्यक्ष एवम उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष केपी शर्मा ओलीलाई ‘राष्ट्रिय सुरक्षानीति–२०७५’ को प्रतिवेदन बुझाएका थिए ।

अध्यक्ष एवम उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले प्रतिवेदन बुझाउद नेपालको संविधानको मर्म र भावना तथा संविधानका निर्देशक नीतिहरुलाई मुख्यआधार मानेर परिवर्तित सन्दर्भ अनुरुप मस्यौदा तर्जुमा गरिएको बताए ।

राष्ट्रिय सुरक्षा परिषदले गतअसोज १ गते सुरक्षा नीति परिमार्जनको आवश्यकता महशुस गर्दै असोज ५ गते उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा ७ सदस्यीय ‘राष्ट्रिय सुरक्षा नीति, २०७३ उच्चस्तरीय परिमार्जन समिति’ गठन गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *