Sajhamanch Archive

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका १ रानीबगियामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वडा नं ९ घर भइ हाल सैनामैना ४ लखनपारा निवासी २५ वर्षीय सुरज बराल रहेको इलाका प्रहरी कार्यलय रन्यौरा मुर्गियाले जनाएको छ ।बुटवलतर्फ गईरहेको ना ७ ख ४०३६ नं को ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु १२ प ३७०६ नं को मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक चालक र ट्रक ईलाका प्रहरी कार्यलय रन्यौरा मुर्गियाको नियन्त्रणमा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *