Sajhamanch Archive

बलात्कारको आरोपमा एक युवक पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

गाईघाट । १३ वर्षीय बालिका बलात्कारको आरोपमा उदयपुरका एक युवालाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ। फाल्गुन १७ गते राति ७ बजे घरमा कोही नभएको मौकाछोपी बालिकालाई बलात्कार गरेको आरोपमा चौदण्डीगढी नगरपालिका १ कटहरेका २५ वर्षीय मिनकुमार श्रेष्ठ पक्राउ परेका हुन्। पीडितका आफन्तले सोमबार जाहेरी दिएपछि इलाका प्रहरी कार्यलय बेल्टारबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो। बलात्कार पछि ज्यान मार्ने धम्की दिएपछि पीडितले त्रासले घटना बारेमा कसैलाई जानकारी नगराएको बताइएको छ। पक्राउ परेका श्रेष्ठलाई प्रहरीले हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *