Sajhamanch Archive

पहिलेकै अवस्थामा फर्किने भयो रानीपोखरी, भक्तपुरका सिपालु कर्मीहरुले सुरु गरे पुननिर्माण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ। रानीपोखरीलाई पूर्ववत् अवस्थामा फर्काउन भक्तपुरका सिपालु कर्मीहरु काममा जुटेका छन् । प्राचीन प्रविधिबाटै पोखरी पुननिर्माण गर्न भक्तपुर नगरपालिकाले ४० जना प्राविधिक उपलब्ध गराएको हो । यो टोलीले करिब ५० वर्षदेखि सुकेको भक्तपुरकै भाजु पोखरीसमेत पुननिर्माण गरिरहेको छ ।

भूकम्प गएकै वर्षको माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिर्माणको शिलान्यास गरे पनि अनेकन विवादमा फस्दा काम रोकिएको थियो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले विभिन्न कामको विभाजन गर्दै सोमबारबाट कामको थालनी गरेको हो ।

त्यही क्रममा पानी तान्ने प्राचीन प्रविधिको काम उपभोक्ता समितिमार्फत हुने भएको छ भने बाँकी काम ठेकेदारको जिम्मा लगाइएको प्राधिकरणका कार्यकारी सदस्य चन्द्र श्रेष्ठले बताए ।

मन्दिर, पश्चिमतिरको छेउबाट मन्दिरसम्म जाने पुल र रानीपोखरी बाहिरको कामको जिम्मा ठेकेदारलाई नै गर्ने भएका छन् ।कान्तिपुर दैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *