Sajhamanch Archive

दुई किलो सुनसहित दुईजना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

कैलाली । कैलालीको चिसापानीमा २ किलो ३ सय ग्राम सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। चिसापानीमा चेकजाँचका क्रममा बुधबार राति २ किलो ३ सय ग्राम सुनसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए।
पक्राउ परेका ब्यक्तिको नाम भने प्रहरीले सार्बजनिक गरेको छैन्। ‘सुनसहित केही ब्यक्ति पक्राउ परेका छन्,’ प्रहरी उपरीक्षक तिम्सिनाले भने, ‘केही बेर पछि पत्रकार सम्मेलन मार्फत हामी जानकारी दिन्छौं।’ यस अघि फागुन २ मा कैलालीसँग सिमा जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीबाट १८ किलो सुनसहित २ जनालाई पक्राउ गरेको थियो। त्यसको एक दिन पछि कञ्चनपुरकै शुक्लाफाटा नगरपालिका–११ झलारीबाट ५ किलो ६ सय ग्राम सुन प्रहरीले बरामद गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *