Sajhamanch Archive

‘विप्लव’ नेतृत्वले गरे ट्रक र जिपमा तोडफोड

Published: in राजनीति, राष्ट्रिय समाचार by .

सल्यान । बन्दको अवज्ञा गरेको भन्दै सल्यानमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ट्रक र जिपमा तोडफोड गरेका छन् । नगरबाट दाङको तुलसीपुर जाँदै गरेको ना ५ ख ६३३८ नम्बरको ट्रक र लु २ च २७२५ नम्बरको जिप त्रिवेणाी गाउँपालिका–५ सल्लेखोलामा तोडफोड भएको प्रहरीले जनाएको छ। ट्रक र जिपको अगाडिको सिसा फुटेको प्रहरीको जनाएको छ। प्रहरीका अनुसार जंगलबाट बन्दकर्ताले ट्रकमाथि ढुंगा प्रहार गरेका थिए। तोडफोडमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको पनि जंगल भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख गिरीराज भण्डारीले बताए। नेकपाले गरेको राप्ती बन्दले बिहानैदेखि लामो तथा छोटो दूरीमा चल्ने यातायातका साधन चलेका छैनन्। शैक्षिक संस्था, बजार पूर्ण रुपमा बन्द छ। बन्दकर्ताहरु भने सडकमा नदेखिएको प्रहरीले बताएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *