Sajhamanch Archive

बलात्कार घटनाका दुईजना दोषी पक्राउ परे

Published: in राष्ट्रिय समाचार, समाज by .

विराटनगर । मोरङका अलगअलग ठाउँबाट बलात्कारको घटनामा संलग्न भएर अदालतबाट दोषी ठहर दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । अदालतले कैद तथा जरिवानाको फैसला सुनाए पनि उनीहरु लामो समयदेखि फरार थिए । इलाका प्रहरी कार्यलय बेलबारीको टोलीले बालिकामाथि गरिएको सामुहिक बलात्कारको घटनामा संलगन सुन्दरहरैंचा नगरपालिका–४ का गोम्बे तामाङलाई पक्राउ गरेको छ । जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले तामाङलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको थियो । घटनापछि फरार रहेका साविकको सुन्दरपुर गाविस–६ लाटीझोडाका तामाङलाई गाउँबाटै पक्राउ गरिएको बेलबारीका इन्सपेक्टर रामकुमार राईले जानकारी दिए ।

त्यस्तै बलात्कारको घटनामा अदालतले दोषी ठहर गरे पनि भागिरहेका मोरङको केरावारी गाउँपालिका–८ का हर्कबहादुर विश्वकर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ । जरजस्ती करणी मुद्दामा अदालतले उनलाई २०७३ साल असार ५ गते दुई वर्ष ६ महिना कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । इन्सपेक्टर राईले विश्वकर्मालाई केरावारीबाटै पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका दुवै जनालाई पेस गरेपछि अदालतले कैद सजाय भुक्तानका लागि बुधबार कारागार चलान गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *