Sajhamanch Archive

प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान ‘होल्ड’, आकाशमा ३ चक्कर लगाउनुपरेको थियो

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमानलाई अवतरणका क्रममा आकाशमा होल्ड गरिएकोबारे छानविन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे छानविन गर्न सहसचिव सुरेश आचार्यको संयजकत्वमा समिति बनाएको हो । मंगलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको विमानले अवतरण गर्नुअघि आकाशमा ३ चक्कर लगाउनुपरेको थियो । यति एयरलाइन्सको सो विमानमा ‘भीभीआईपी’ रहेकोबारे जानकारी हुँदा हुँदै किन होल्ड गरियो भन्नेबारे अब छानविन हुने मन्त्रालयका एक अधिकारीले बताए । ‘भीभीआईपी उडान छ भने एयर ट्राफिक कन्ट्रोलरले सो विमानलाई उच्च प्राथमिकता दिनुपर्छ । सुरक्षा र समयका हिसावले पनि यो महत्वपूर्ण हुन्छ’ मन्त्रालयका एक अधिकारी भने,’तर प्रधानमन्त्री बिरामी पनि हुनु भएकाले जहाज होल्ड गरिएको विषयलाई अझै बढी गम्भीर रुपमा लिइएको हो ।’ विमान होल्ड गरेर लापरवाही र बेवास्ता गरिएको पाइए एयर ट्राफिक कन्ट्रोलरलाई कारवाही गर्न समितिले सिफारिस गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *