Sajhamanch Archive

आफैँले पालेको सिंहको सिकार

Published: in राष्ट्रिय समाचार, विविधा by .

आफैँले पालेको सिंह चेक गणतन्त्रका एक युवालाई महँगो परेको छ। उनी आफैँले पालेको सिंहको सिकार हुन पुगे। सन् २०१६ मा नौ वर्षको सिंह र पोथी सिंह पालेका माइकल प्रसेक आफैँले पालेको सिंहको सिकारमा परे । प्रसेकलाई उनका बुवाले मृतावस्थामा फेला पारेका थिए। प्रहरीले ति दुवै सिंहलाई गोली हानेर मारेको छ। गर्मी याममा सिंहलाई डोर्‍याउँदै हिँडिरहेका बेला एउटा साइकल चालक ठोक्किएपछि प्रसेक सिंहको शिकार हुन पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। प्रहरीको हस्तक्षेपपछि उक्त घटनालाई एउटा सडक दुर्घटनाको रूपमा लिइएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *