Sajhamanch Archive

दुई किलो सुन र चाँदीका सामानसहित दुई जना पक्राउ, प्रहरीले गर्‍यो सार्वजनिक

Published: in राष्ट्रिय समाचार, समाज by .

कैलाली । दुई किलो सुन र चाँदीका सामानहरुसहित पक्राउ परेका दुई जनालाई कैलाली प्रहरीले सार्वजनिक गरेको छ ।
लम्की चुहा नगरपालिका–३ चिसापानी प्रहरी चेक पोष्टमा सवारी जाँचका क्रममा २ किलो २३२ ग्राम सुनसहित धनगढी उपमहानगरपालिका–१ का ४५ वर्षीय रमेशकुमार सैजु र कैलारी गाउँपालिका–५ की २५ वर्षीय सीताकुमारी चौधरीलाई कारमा आइरहेको अवस्थामा प्रकाउ गरी सार्वजनिक गरिएको हो ।
प्रहरीले उनीहरुको साथबाट बा १ च ७४१३ नम्बरको कारसहित चाँदीको करुवा १० वटा, चाँदीकै बडर भएको काठको फ्रेम ४३, टीकादानी १२, चाँदीको सतपाला ७, चाँदीको आचमनी र पञ्चपाक ३२–३२ थान, १८ वटा नगसहितको औठी र तीन थान मोवाइल बरामद गरेको छ । पक्राउ परेका दुबै जनालाई बरामद सामानसहित थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग मध्य तथा सुदूरपश्चिमाञ्चल कार्यालय कोहलपुर पठाइने प्रहरीले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *