Sajhamanch Archive

केरखाका बालबालिकाको क्षमता अभिवृद्धि गरिँदै

Published: in राष्ट्रिय समाचार by .

कमल । झापाको कमल गाउँपालिका ३ केर्खास्थित मेची युनेस्को क्लबको आयोजनामा बालबालिकाका लागि क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम आज सुरु गरिएको छ ।

कमल गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा सुरु गरिएको तालिम शहीद धर्मभक्त माविको सभाहलमा तीन दिनसम्म सञ्चालन हुनेछ । तालिममा वडा नम्बर ३ मा रहेका सामुदायिक र संस्थागत विद्यालयका ४० जना विद्यार्थीको सहभागिता रहेको छ ।

क्लबका अध्यक्ष मधुसुधन अधिकारीका अनुसार उक्त तालिममा सोमराज ढकाल र विष्णुप्रकाश निरौलाले सहजीकरण गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *