Sajhamanch Archive

पूर्व सांसद पुरीको भद्रपुरमा अन्त्येष्ठी

Published: in राष्ट्रिय समाचार, समाज by .

भद्रपुर । नेपाली काँग्रेसका पुराना नेता तथा पूर्व सांसद जीतबहादुर पुरीको ७७ वर्षको उमेरमा गएराति निधन भएको छ । उनको पार्थिव शरीरलाई आज अपरान्ह मेची नदीमा दाहसंस्कार गरिएको छ ।

उनको दाहसंस्कार अघि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, जिल्ला सभापति उद्धव थापा, पूर्व सांसद डिल्लीप्रसाद सिटौलालगायतल पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका थिए ।

आठौं महाधिवेशनबाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा क्रियाशील पुरीको हृदयघातका कारण गएराति निधन भएको हो । पुरीका ३ जना छोराहरु रविन, पारस र अजित छन् । उनका छोरी शिला पुरी र श्रीमती मिरा पुरी रहेका छन् ।

वि. सं. १९९८ साल माघ ९ गते खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल ९ तालखर्कमा जन्मिएका पुरीको भद्रपुर ८ स्थित निजी निवासमा निधन भएको हो ।

प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका पुरी वि. सं २०४८ सालदेखि २०५३ सालसम्म नेपाली काँग्रेसको तर्फबाट राष्ट्रियसभामा सांसदको भूमिका निर्वाह गरेका थिए । वि. सं. २०१३ सालदेखि नेपाली काँग्रेसको सदस्यता लिएर प्रजातान्त्रिक आन्दोलनमा लागेका पुरीले पटकपटक जेल जीवन बिताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *