Sajhamanch Archive

भद्रपुरबाट प्रहरीले समात्यो डेढलाखको अवैध सामान

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

भद्रपुर । भद्रपुर नाकाबाट तस्करी गरी अवैधरुपमा भारत पठाइँदै गरेको नारी सौन्दर्यका सामान तथा खाद्यान्य सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।

तस्करी गर्ने तथा पोके ब्यापारीहरुले साइकलमा राखेर भारत लैजादै गरेका नेपाली उत्पादनहरु भद्रपुर ५ देवीबस्तीबाट प्रहरीले बरामद गरेको हो । अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको तीन हजार थान फेयर एण्ड लब्ली सशस्त्र प्रहरीले बरामद गरेको जनाइएको छ ।

सोही स्थानबाट ६ बोरा सेतो मटर पनि प्रहरीले बरामद गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठको भनाई छ । त्यसैगरी सो प्रहरी कार्यालयले २० हजार रुपैयाँ मूल्य बराबरको कोलगेट दन्त मञ्जन र पत्ता सेम्फू पनि बरामद गरेको जनाएको छ ।

भद्रपुर ५ गणेश मन्दिर क्षेत्रबाट भारततर्फ लैजादै गरेको ६ वटा कार्टुनमा रहेको सैम्फू र दन्तमञ्जन बरामद गरिएको वडा प्रहरीको भनाई छ । यस्ता सामग्री नेपाली व्यापारीले भारतीय महिला भरियाको सहयोगमा भद्रपुर नाकाबाट भारत पठाउने गरेको बताइन्छ । टाउकोमा राखेर सामान्य अवस्थामै अवैध सामग्री सहजै भारततिर लैजाने गरिएको प्रत्यक्षदर्शीको भनाई छ ।

यस्ता सामान रोक्न २४ सै घण्टा प्रहरी परिचालन गरिएको उनले जनाए । सामान बोक्नेमा भारतीय महिला भएकोले नियन्त्रणमा लिन समस्या भए पनि अब महिला प्रहरी मार्फत अबैध कारोवारीलाई पक्राउ गरिने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *