Sajhamanch Archive

एनएमसीले गरायो खुल्ला दौड प्रतियोगिता

Published: in खेलकुद, मुख्य समाचार, सहकारी, स्वास्थ्य by .

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको २६औं स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा आज यहाँ मिनी म्याराथन सम्पन्न गरिएको छ ।

महेन्द्र राजमार्गको दुर्गापुरदेखि चारपानेसम्मको ४ किलोमिटर दूरीमा महिला तथा पुरुष खुल्ला म्याराथन गराइएको हो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सो दौडको उद्घाटन गरेका हुन् ।

खुल्ला म्याराथन प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका उमेश कन्दङवा प्रथम, मधुमल्ला मोरङका याङदेव राई दोस्रो र दमकका मेघराज राई तेस्रो भए । प्रतियोगितामा प्रथम हुने कन्दङवाले सो ४ किलोमिटर दूरि पूरा गर्न ११ मिनेट ४८ दशमलव ०२ सेकेण्डको समय खर्चिएका थिए । यस्तै दोस्रो हुने याङदेवले ११ मिनेट ४९ दशमलव ६८ सेकेण्ड र तेस्रो हुने मेघराजले १२ मिनेट १ दशमलव २८ सेकेण्डमा दूरी पूरा गरेका निर्णायकले बताएका छन् ।

यसैगरी, प्रतियोगिताको महिलातर्फ धुलाबारीका भवानी कामतीले १५ मिनेट ४९ दशमलव ४८ सेकेण्डमा सो दूरी पार गरी प्रथम भइन् । यस्तै, पथरी शनिश्चरेकी जमुना आले मगरले १६ मिनेट ८ दशमलव ५८ सेकेण्डमा दौड पूरा गरी दोस्रो भइन् भने धुलाबारीकी सलिना तामाङले १६ मिनेट ३३ दशमलव ८३ सेकेण्ड खर्चेर तेस्रो स्थान हासिल गरिन् ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने दुवै समूहका प्रतियोगीहरुले नगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । आज दिउँसो उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा आयोजना गरिएको संस्थाको वार्षिकोत्सव समारोहमा विजयीहरुलाई पुरस्कृत गरिने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *