Sajhamanch Archive

काठको गोलियाले किच्दा एक जनाको मुत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ मा काठको गोलियाले किच्दा एक जनाको मुत्यु भएको छ। ५२ वर्षीय दलबहादुर बिष्टको मृत्यु भएको हो। बिहीबार काठको गोलिया काट्ने क्रममा गोलियाले किचेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।
बिष्टको शवलाई पोष्टमार्टमको लागि डडेल्धुरा अस्पतालमा ल्याइएको उनले बताए। यस्तै डडेल्धुराको आलिताल गाउँपालिका–८ मा घुम्ती बजारमा फागुन १४ गते आगलागी हुँदा घाइते भएकी उत्तम थापाकी ११ वर्षीया छोरी निरुता थापाको मृत्यु भएको छ। उनको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। आलितालको घुम्ती बजारमा रहेको थापाको किराना पसलबाट आगलागी हुँदा थापाकी ८ वर्षीया कान्छी छोरी आरती थापाको यसअघि नै मृत्यु भएको थियो। उत्तम थापाको किराना पसलबाट आगो लागेको थियो। थापाकी २ छोरी आरती र निरुता मैनबत्ती बालेर किताब पढिरहेको बेला मैनबत्ती सल्किएर पसल नै जलेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *