Sajhamanch Archive

प्रदेश २ मा नेकपाको शक्ति प्रदर्शन भोलि ; दुवै अध्यक्षले सम्बोधन गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by .

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को तल्ला कमिटीहरु एकीकरण प्रक्रिया अन्यौलमा परिरहेका बेला दुई अध्यक्ष शनिबार मधेस झर्ने भएका छन् ।
पार्टी एकता र मधेस मुद्दामा नेकपाको सन्देश जनतालाई दिनका लागि २ नम्बर प्रदेश कमिटीले रौतहटमा जनसभा गर्न लागेको हो ।
रौतहटको गरुढामा हुने प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री तथा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने प्रदेश इञ्चार्ज सत्यनारायण मण्डलले बताए ।
उनले २ नम्बर प्रदेशका आठै जिल्लाबाट एक लाख जनता उतार्ने तयारी भइरहेको जानकारी दिए । संविधान जारी भएदेखि पार्टीले मधेसमा एउटा पनि राजनीतिक वैचारिक सभा प्रदेशस्तरमा गर्न नसकेकाले प्रदेश कमिटीले यसपटक ठूलो जनसहभागितामा पार्टीको सन्देश प्रवाह गर्न खोजेको उनले बताए । जनसभामा नेताहरुले नेकपाको मधेस नीतिबारेमा जनतालाई जानकारी दिने मण्डलले बताए । पछिल्लो समय नेकपाको पार्टी एकता कार्यदलसमेत भंग भएपछि तल्ला कमिटी र जनवर्गीय संगठनहरुको एकीकरण अन्यौलमा परेको छ । यसबीचमा सचिवालय बैठक बोलाउन नेताहरुले आग्रह गरिरहेका बेला अध्यक्षद्वय ओली र प्रचण्ड जनसभामा निस्कन लागेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *