Sajhamanch Archive

ओलीको कार्यशैलीप्रति नेता नेपाल असन्तुष्टि

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा by .

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीप्रति संकेत गर्दै पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नखोज्दा दुई पार्टीबीचको सांगठानिक एकीकरणको काम अझै टुंगो लाग्न नसकेको दाबी पनि गरे। उनले पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच कुनै समस्या नभएपनि पार्टीलाई विधि र प्रक्रिया अनुसार अघि बढाउन नचाहादा पार्टीको सांगठनिक एकीकरणको काममा ढिलाई भईरहेको पनि बताए। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिएकोमा पनि आपत्ति जनाए। वरिष्ठ नेता नेपालले आफूले अनेकौ पटक भन्दापनि पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिनु बिडम्बनापूर्ण भएको पनि बताए। उनले ठूलो पार्टी चलाउन विधि र प्रक्रिया चाहिने भएपनि पार्टी नेतृत्वले ‘एस म्यान’को खोजी गर्दा संगठन एकीकरणको काम अझै टुंगो लगाउन नसकिएको दावी पनि गरे। पार्टीलाई विधिसम्मत ढंगले अघि बढाए दुई पार्टीबीचको सांगठानिक एकीकरणको काम एक महिना भित्रै सम्पन्न हुने वरिष्ठ नेता नेपालको भनाइ छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *