Sajhamanch Archive

केपी ओलीको अगाडि उभिएर सिके राउतले भने – यो ऐतिहासिक दिन हो

Published: in राजनीति by .

काठमाडौंः पृथकतावादी आन्दोलन छाडेर मुलधारको राजनीतिमा आएका सिके राउतले आजको दिन ऐतिहासिक दिन भएको बताएका छन्। सरकारसँग ११ बुँदे सम्झौता गरेर मुलधारको राजनीतिमा आउने घोषणा गरेका राउतले आफूले जहिल्यै पनि अहिंसात्मक राजनीतिलाई महत्व दिएको र आगामी दिनमा पनि सोही बमोजिम अघि बढ्ने बताए।
राउतले शान्तिपूर्ण आन्दोलनको कदर गर्दै, मुद्दाको महत्वलाई बुझेर प्रधानमन्त्रीले सम्बोधन गर्दै आफूहरुलाई राजनीतिक स्पेश प्रदान गरेकोमा धन्यवादसमेत दिए। आफूहरुको आन्दोलनमा यसअघिका प्रधानमन्त्रीहरुले समेत बलजफ्ती नगरेकोमा धन्यवाद ज्ञापन गरे। ‘हामी बुद्धको देशमा मान्छे हौँ,’ उनले भने, ‘हाम्रो रगत रगमा अहिंशाको रगत बगेको छ।’ राउतले राज्यसँग केही असहमति भएका कारणले आफूहरु आन्दोलनमा रहेको बताए। उनले आफूहरुको आन्दोलनको सुखद अवतरण भएको र आगामी दिनमा पनि नेपाली जनताको सार्वभौमसत्ता सम्पन्नताको रक्षा गर्दै अघि बढ्ने बताए। उनले आफू पाँच महिनादेखि जेलमा रहेको र जेल जीवनबाट आफूले धेरै कुरा सिकेको बताए। प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड, गृहमन्त्री रामबहादुर थापा लगायतका उच्च पदस्थ व्यक्तिहरू कार्यक्रममा उपस्थित छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *