Sajhamanch Archive

पर्यटन प्रवर्द्धन गर्नका लागि धनगढीबाट साइकल यात्रा सुरु

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

धनगढी । पर्यटन प्रवर्द्धन गर्नका लागि धनगढीबाट दुईदिने साइकल यात्रा सुरु भएको छ। युथ स्पोटर्स क्लब धनगढीको आयोजनामा कैलालीदेखि कञ्चनपुरसम्मको दुईदिने साइकल यात्रा शुक्रबारदेखि सुरु भएको हो। शुक्रबार बिहान धनगढी रंगशालादखि सुरु भएको साइकल यात्राकामा चर्चित विश्व साइकल यात्री पुष्कर शाह लगायतको सहभागीतामा रहेको छ। कैलाली र कञ्चनपुरका पर्यटकीय क्षेत्रको उनीहरूले साइलमै अवलोकन गर्ने छन्। यात्राको शुक्रबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले उद्घाटन गरेका हुन्। साइकल यात्राले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने अपेक्ष गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *