Sajhamanch Archive

निर्मला राई उपचार सहयोगमा डेढलाख जुट्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

मेचीनगर । मेचीनगर ६ स्थित सरस्वती टोल विकास समितिको अग्रसरतामा निर्मला राईको उपचारार्थ एक लाख ६० हजार रुपैयाँ संकलन भएको छ ।

काँकरभिट्टाकी २६ वर्षीया निर्मला एकवर्ष अघिदेखि मुटु तथा मृगौलामा असर पुर्याउने गरी छालामा लाग्ने एसएलई रोगबाट थलिएकी छन् । उनको उपचार सहयोगार्थ बिर्तामोड ४ मा स्थापित गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्थाले अभियान चलाइरहेको छ ।

गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्थाका अध्यक्ष भूपाल बस्नेतको नेतृत्वमा काँकरभिट्टा, धुलाबारी र ईंटाभट्टा क्षेत्रमा दुई दिन आर्थिक संकलन अभियन सञ्चालन गरिँदा उक्त रकम संकलन भएको संस्थाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सहृदयी मनहरुबाट संकलित रकम फागुन २६ गते संस्थाका अध्यक्ष भूपाल बस्नेतले स्थानीयबासीहरुको उपस्थितिमा सरस्वती टोल विकास संस्थाका अध्यक्ष नविन राईमार्फत् परिवारलाई पुग्ने गरी हस्तान्तरण गरिएको विज्ञप्तीमा उल्लेख छ ।

गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्थाका अध्यक्ष भूपाल बस्नेतले राईको उपचारका लागि आर्थिक सहयोग गर्ने तथा निर्मला बचाउ अभियनमा सहयात्रा गर्ने सहयोगी मन र हातहरुलाई कृतज्ञता पनि ज्ञापन गरेका छन् ।

एसएलई रोगबाट थलिएकी निर्मला राईको अहिले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *