Sajhamanch Archive

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ६ घलाते चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । काठमाडौंबाट सूर्यविनायकतर्फ गइरहेको बा ९५ प ३३१८ नम्बरको स्कुटर शनिबार बिहान करिब चार बजेतिर दुर्घटना हुँदा सिन्धुपाल्चोक लिसंखुपाखा २ घर भइ हाल सूर्यविनायक बस्ने २६ वर्षीय रन्जीब लामाको मृत्यु भएको हो । स्कुटरको पछाडि सवार रामेछापको सुनपती ४ घर भई हाल पाण्डुबजार बस्ने २३ वर्षीय पासाङ तामाङ घाइते छन् । उनको उपचार मध्यपुर अस्पतालमा भइरहेको भक्तपुर प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशील कुमार पाण्डेका अनुसार स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *