Sajhamanch Archive

प्रहरी अधिकृतलाई अब बञ्जीजम्प अनिवार्य

Published: (Updated: ) in खेलकुद, विविधा by .

चौतारा । रोमाञ्चकारी र साहसिक रुपमा खेलिँदै आएको सिन्धुपाल्चोकको लिस्तीमा अवस्थित बञ्जीजम्प आजदेखि प्रहरी अधिकृतको सेवा प्रवेश तालिममा पनि अनिवार्य गरिएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित १७९ औं समूहका प्रहरी निरीक्षक आधारभूत तालिममा सहभागी १४ जना महिलासहित १२० जनाले बञ्जीजम्प गरेका छन् । प्रहरीलाई विभिन्न समयमा उद्धार कार्य गर्नुपर्ने परिस्थितिमा आइपर्ने हुँदा बञ्जीजम्प अनीवार्य गरिएको प्रतिष्ठानका प्रहरी उपरीक्षक मधुसुदन लुईंटेलले बताए । यस प्रकारको तालीम गतवर्ष पनि सोही स्थानमा दिइएको थियो ।
पर्यटनसम्बन्धी वेभ नामक पत्रिकाका अनुसार विश्वको सबै भन्दा अग्लो बञ्जीजम्प दक्षिण अफ्रिकामा छ । त्यहाँको बञ्जीजम्पको उचाई २२० मिटर रहेको छ । भोटेकोशीको बञ्जीजम्प १६० मिटरको उचाइमा विश्वको दोस्रोमा पर्दछ । भोटेकोशी गाउँपालिका–५ मार्मिङ र वडा नं १ लिस्ती जोड्ने उक्त बञ्जी द लाष्ट रिसोर्ट प्रालिद्वारा नेपाली व्यवसायी विष्णुप्रसाद न्यौपाने र नेदरल्याण्ड नागरिक डेविडले विसं २०५६ देखि सञ्चालनमा ल्याएका हुन् । हाल दैनिक एक हजार २०० सम्म बञ्जी गर्न आउने र त्यसमध्ये ८५ प्रतिशत स्वदेशी रहेको व्यवस्थापक कुमार राउतले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *