Sajhamanch Archive

गोठमा आगलागी, ९ चौपाय जले

Published: in राष्ट्रिय समाचार, समाज by .

विराटनगर । विराटनगर महानगरपालिका–१२ का लखन मण्डल र शिवशंकर मण्डलको गाई वस्तु बाँध्ने गोठमा शनिबार बिहान आगलागी हुँदा नौ चापाय जलेर मरेका छन्।
लखनको टिनको छानो भएको गोठमा लामखुट्टे भगाउन बालिएको घुरबाट बिहान ४ बजे आगो सल्किएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए। आगोमा जलेर गोठमा बाँधेका दुईवटा गाई र सातवटा बाख्रा मरेका छन् । केसीका अनुसार आगोले गोठमा पूर्ण रुपमा क्षति पुर्याएको छ।

आगोले लखनका छिमेकी शिवशंकरको गोठमा पनि क्षति पुगेको छ। शिवशंकरको गोठ र त्यहाँ राखिएको २ प ४६६२ नम्बरको मोटरसाइकलमा क्षति पुग्दा ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगो स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा एक घण्टापछि नियन्त्रणमा लिन सकिएको जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *