Sajhamanch Archive

शंकास्पद मृत्युमा पनि पोष्टमोर्टम गर्न परिवारको आनाकानी

Published: in राष्ट्रिय समाचार, समाज by .

फिदिम । पाँचथरको फिदिम नगरपालिका १२ नागिनका २९ वर्षीय बिनोद थुलुङ राई मृत अवस्थामा भेटिएका छन् ।

शुक्रबार गोठमा आगो लागेर दुईवटा गाई जलेर मरेपछि भौतारिँदै घरबाट बाहिरिएका राईलाई दिउँसो मृत अवस्थामा भेटिएको हो ।

आगो लागेर गाई मरेपछि घरबाट निस्किएका बिनोदलाई उनकै दाजु सन्तोष राईको घरमा मृत भेटिएको वडाध्यक्ष प्रेमनारायण आचार्यले जानकारी दिए । मृतक राईको नाकबाट रगत आएकाले घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीले राईको शव पोष्टमोर्टमका लागि फिदिम ल्याउन मुचुल्का गरेपछि आफन्त र दाजुभाइले प्रहरीलाई असहयोग गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलको भनाई छ ।

वडाध्यक्ष आचार्यले घटना शंकास्पद नभएको दाबीका छन् । दाम्लोमै गाई जलेर मरेपछि तनावमा परेका राईले मदिरा सेवन गरेपछि उनको मृत्यु भएको आचार्यको भनाई छ ।

‘मृतक राई उच्च रक्तचापका बिरामी भएको जानकारी गराउँदै वडाध्यक्ष आर्चायले भने ‘बिनोदको मृत्युमा शंका गर्नुपर्ने कुनै ठाँउ नै छैन ।’
राईहरुको संस्कारमा पोष्टमार्टम गर्न नहुँने भएकाले बिनोदका दाजुभाई र आफन्तले शव पोष्टमार्टम गर्न नमानेको आचार्यको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *