Sajhamanch Archive

टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु, टिपर चालकको खोजी कार्य

Published: in राष्ट्रिय समाचार, समाज by .

गाईघाट । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ घुम्तिमा शनिबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ।
मोटरसाइकलमा सवार अर्का एक व्यक्ति घाइते भएका छन्।
मदन भण्डारी लोकमार्ग निर्माणमा प्रयोग भएको ना १ क ८३४७ नम्बर टिपरले बा ९३ प ९४३२ नम्बरको मोटरसाईललाई ठक्कर दिँदा मोटरसाईलमा सवार उदयपुरगढी गाउँपालिका ७ का ४८ वर्षीय बलबहादुर मगरको मुत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार मृत्क बलबहादुरका आफ्नै छोरा २५ वर्षीय सुजन मगर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि बिराटनगर पठाइएको हो।

नेपालटारबाट गाईघाट आउने क्रममा सोही दिशाबाट आउँदै गरेको टिपरले मोडमा ओभरटेक गर्न लाग्दा दुर्घटना भएको स्थानीयले बताए ।
मोटरसाईकललाई ठक्कर दिएपछि फरार रहेको टिपर चालकको खोजी कार्य भइरहेको एसपी राईले बताए।

टिपर र मोटरसाइकल घटनास्थलमै रहेको छ। राजमार्ग निर्माणमा प्रयोग हुने सवारी साधनहरु सिकारु सहचालकले चलाउने गरेकाले दुर्घटना बढेको स्थानीयको आरोप छ।

सदरमुकाम गाईघाटबाट ३५ किलोमिटर पश्चिमी क्षेत्रमा निर्माणाधीन राजमार्गमा चल्ने यातायातका साधनमा ट्राफिक निगरानी नहुँदा पनि दुर्घटना बढेको स्थानीयको बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *