Sajhamanch Archive

महेन्द्ररत्न डोजोका १९ खेलाडीलाई ब्लाकबेल्ट प्रमाणपत्र प्रदान

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by .

बिर्तामोड । बिर्ताबजारस्थित महेन्द्ररत्न सितेरियो कराँते डोजोबाट पहिलो ब्याचमा ब्लाक बेल्ट प्राप्त गर्ने १९ जना खेलाडीहरुलाई आज प्रमाणपत्र प्रदान गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदमा आवद्ध रहेको नेपाल सितोरियो कराँते डो एशोसिएसनले ती खेलाडीहरुलाई फस्ट डानको प्रमाणपत्र प्रदान गरेको हो । ओली एण्ड एशोसिएट्स बिर्तामोड शाखाको हलमा आयोजित कार्यक्रममा सो संस्थाले खेलाडीहरुलाई प्रशंशापत्र, मेडल र ट्र्याक सुट पनि प्रदान गरेको छ ।

बिर्तामोड नगरपालिका ३ नं. वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्यमा आयोजित सो विशेष कार्यक्रममा उनले विगतमा ठूला र शक्ति सम्पन्न राष्ट्रका खेलाडीले मात्र मेडल जित्ने समय अब नरहेको बताए । आज साना राष्ट्रहरुले पनि खेलकुदको क्षेत्रमा लगानी बढाएर अब्बल खेलाडी उत्पादन गर्न थालेपछि शक्तिसम्पन्न राष्ट्रमा जाने पदकहरु बाँडिन थालेको सिटौलाको भनाई छ ।

नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका वडाध्यक्ष सिटौलाले आफ्नो कार्यकालमा खेल क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक बजेट विनियोजन गरिरहने प्रतिवद्धता पनि दोहोर्याउन भ्याए ।

डोजो सञ्चालन समितिका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको उक्त विशेष कार्यक्रममा बलराम कार्की, मदनगोपाल सुब्बा, राधा सुब्बासहित ओली एण्ड एशोसिएट्सका तर्फबाट हरिप्रसाद ओलीले आ–आफ्ना भनाई राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *