Sajhamanch Archive

सहकारी संस्थाले गर्यो एक्युप्रेसर एवम् होमियो उपचार शिविर

Published: in राष्ट्रिय समाचार, सहकारी by .

मेचीनगर । बिन्ती बचत तथा ऋण सहकारी संस्था नकलबन्दाको आयोजनामा आज यहाँ एक दिने निःशुल्क एक्युप्रेसर एवम् होमियो उपचार शिविर सम्पन्न भएको छ । बिलिभर्ष इङ्लिस स्कूलमा भएको शिविरको प्राविधिक सहयोग आत्रेय होमियो फार्मेसी एवम् एक्युप्रेसर उपचार सेवाले गरेको हो ।

स्वास्थ्य शिविरबाट चिया कारखानामा काम गर्ने मजदूर तथा संस्थाका शेयर सदस्यहरु गरी ११० जनाले सेवा लिएका संस्थाका व्यवस्थापक आरती उरावले जानकारी दिइन् । संस्थाका अध्यक्ष दशरथ खडियाको अध्यक्षता तथा मेचीनगर ८ का वडाध्यक्ष विकेन्द्र धिमालको प्रमुख आतिथ्यमा शिविर सम्पन्न भएको हो ।

कार्यक्रममा शिक्षासेवी देवनारायण सिटौला, डाक्टर गोपाल आत्रेय पौडेल, बिलिभर्ष इङ्लिस स्कूलका प्रिन्सिपल प्रतिक उरावलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य विकास देवकोटाले गरेका थिए ।

शिविर सञ्चालनमा प्राविधिक सहयोग गरेका डा. गोपाल आत्रेय पौडेल, स्वास्थ्य प्राविधिक बद्रीप्रसाद अधिकारी, स्वास्थ्य सहयोगी कल्पना सुवेदी, नवराज रिसाल, भावना खनाललाई कदर पत्र प्रदान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *