Sajhamanch Archive

कम्युनिष्ट एकता विरोधीका लागि टाउको दुखाईको विषयः उपप्रधानमन्त्री पोखरेल

Published: in राजनीति, राष्ट्रिय समाचार by .

झापा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अहिले समृद्धिको जग बसाउने काम भइरहेकाले भावी दिनमा समृद्धिको यात्राले क्रमशः पूर्णता पाउँदै जाने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका नेता पोखरेलले आज बिर्तामोडस्थित आफ्नो पार्टीको जिल्ला मुख्यालयमा आयोजित कार्यक्रममा भने, ‘‘मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी बीचको एकताले कम्युनिष्टको विरोध गर्ने शक्तिका लागि टाउको दुखाइको विषय बनेको छ ।’’

“कम्युनिष्टबीचको एकता अहिले टाउको दुखाइको विषय बनेको छ” नेता पोखरेलले भने, “केही स्वार्थपरक तत्व एकतामा भाँजो हाल्न लागि परेका छन् तर त्यो असफल हुने निश्चित छ ।”

मुलुकमा द्वन्द्वको खेती गर्नेहरु विफल बन्दै गएको बताउँदै रक्षामन्त्री पोखरेलले भनेका छन्, “मुलुकमा द्वन्द्वको खेती गरेर अस्थिरता मच्चाउने र सरकारलाई कमजोर बनाउने शक्तिहरु विफल बन्दै गएका छन् ।”

विदेशी शक्तिले केही पार्टीका नेतालाई आफ्नो देशमा बोलाएर प्रशिक्षण दिने र अस्थिरता सिर्जना गर्ने गतिविधि भइरहेको उनको आरोप पनि छ । “द्वन्द्वकाल अघिपछिका मुद्दा उठाएर पार्टी र सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको छ” मन्त्री पोखरेलले थपेका छन्, “त्यसो चालबाजी हामीलाई थाहा छ, देशका सबै समस्या समधान गर्न सरकार समक्ष छ ।”

भर्खरै सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको चर्चा गर्दै मन्त्री पोखरेलले यो विषयले मुलुकको शान्ति रस्थिरताको निर्माणमा सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *