Sajhamanch Archive

ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

धनकुटा । साँगुरीगढी गाउँपालिका–६ कन्यापोखरीमा ट्रयाक्टर पल्टिँदा धनकुटाकै चौबिसे गाउँपालिका–३ का ट्रयाक्टर चालक ३० वर्षीय मोहनसिंह तामाङको मृत्यु भएको छ ।

शनिबार राति करिब साढे ११ बजेतिर भेंडेटारबाट राजारानी जाँदै गरेको को १ त ५७६५ नम्बरको ट्रयाक्टर पल्टिएको हो भन्ने प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते तामाङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति १२ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।

ट्रयाक्टरका सहचालकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको गुरुङले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *