Sajhamanch Archive

सार्वजनिक बिदा नभनि सरकारी गाडी चलाउने ६३ जना परे कारबाहीमा

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by .

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक बिदाका दिन बिनापास सरकारी गाडी प्रयोग गर्ने विभिन्न सरकारी कार्यालय तथा संस्थानका पदआधिकारीहरु कारबाहीमा परेका छन्।

शुक्रबार र शनिबार विभिन्न सरकारी कार्यालय तथा संस्थानका गाडी चलाउने ६३ जना कारबाहीमा परेको काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार नारी दिवसका दिन शुक्रबार सरकारी गाडी दुरुपयोग गर्ने २९ जना र शनिबार ३४ जना कारबाहीमा परेका छन्। काठमाडौं, ललितपुर र भक्तपुर गरी यतिको संख्यालाई कारबाही गरिएको हो।

एसपी सापकोटाले भने, , ‘सार्वजनिक बिदाका दिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर मात्र सरकारी गाडी चलाउन पाइन्छ।’
सार्वजनिक बिदाका दिन सरकारी गाडी दुरुपयोग नहोस् भनेर यस्तो कारबाही गर्ने गरिएको ट्राफिक महाशाखाले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *