Sajhamanch Archive

धान कुटाउने क्रममा सल बेरिएर मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा ‘सिधनवा राइस मिल’मा धान कुटाउने क्रममा २८ वर्षीया स्मृति थारूको सल बेरिएर मृत्यु भएको छ।

शनिबार साँझ धान कुटाउने मिलको धुरामा उनले ओडेको सल बेरिएपछि दुर्घटना भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिए।

सल बेरिएर मिलको पट्टामा अल्झिन पुगेकी थारूको घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थल सदरमुकाम नेपालगञ्जदेखि करिब १५ किलोमिटर टाढा राप्ती नदीपारि पर्दछ।

मृतक थारूको शवलाई परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *