Sajhamanch Archive

रक्सी पिउन नदिएको झोंकमा श्रीमतीको हत्या , हत्यापछि श्रीमतीको लाससँगै रातभर सुते

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । रक्सी पिउन नदिएको झोंकमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । हत्यापछि उनी श्रीमतीको लाससँगै रातभर सुतेका छन् ।

यो घटना भारत नयाँदिल्लीको हो । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारअनुसार दिल्लीको निहाल विहार इलाकाका ३० वर्षीय प्रेम सिंहले श्रीमतीको हत्या गरिदिए । उनीहरु कोठा भाडामा लिएर बस्दै आएका थिए । श्रीमतीको हत्यापछि प्रेमसिंह रातभर श्रीमतीको लाससँग सुते र बिहानपख त्यहाँबाट फरार भए । तर, प्रहरीले उनलाई पक्रन सफल भएको छ । प्रहरीलाई प्रेमसिंहले दिएको बयानअनुसार श्रीमती बबलीले रक्सी पिउन नदिएपछि उनीहरुबीच झगडा भएको थियो । त्यसपछि उनले श्रीमतीको हत्या गरिदिए ।

उनीहरुका सात र पाँच वर्षका दुई बच्चा छन् । प्रहरीका अनुसार बबलीले व्युटी पार्लरमा काम गर्दथिन् । प्रेम सिंहले एक निजी स्याटलाइट टिभी सर्भिसमा काम गर्दथे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *