Sajhamanch Archive

ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्युपछि ढुंंगामुढा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बैतडी । ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्युपछि आक्रोसित स्थानीय र मृतकका आफन्तले राजमार्ग बन्द गर्नुका साथै इलाका प्रहरी कार्यालय पाटनमा ढुंंगामुढा गरेका छन्।

स्थिति थप तनाबग्रस्त बन्दै गएपछि प्रहरीले लाठीचार्ज, हवाइफायर र अश्रुग्यास प्रहार गरेको छ। स्थितिलाई थप तनावग्रस्त हुन नदिन अश्रुग्यास र हवाइफायर गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।

विद्यार्थीहरुले भने प्रहरीले लाठीचार्ज गरेपछि मात्रै ढुंगामुढा गरेको विद्यार्थी तेजप्रसाद भट्टले बताए। प्रहरीको लाठी चार्जबाट सिद्धबहादुर बोगटी, तेज नेपाली र जयन्ती विष्टको घाइते भएका छन्। उनीहरुको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको भट्टले जानकारी दिए। दोषीलाई कडा कारवाही गर्नुपर्ने आफूहरुको माग रहेको विद्यार्थी तेजप्रसाद भट्टले बताए।

‘हामीले साथी गुमाएका छौं। दोषीलाई कारवाही हुनुपर्यो,’ उनले भने, ‘पीडित परिवारले क्षतिपूर्ति पाउनु पर्यो। माग पूरा नभई बन्द खुल्दैन।’ पीडित परिवारले बुझ्न नमानेकाले शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। राजमार्ग सुचारु गर्नका लागि पीडित पक्ष, पाटन नगरपालिका र सम्बन्धित निर्माण कम्पनीका प्रतिनिधिबीच छलफल गर्ने तयारी भईरहेको प्रहरी निरीक्षक बोगटीले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *